२०८१ श्रावण १२

नयाँ गठबन्धनका तीन मन्त्रीले लिए सपथ
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २१, सोमबार १२:१३ गते

काठमाण्डौं २१ फागुन ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि नयाँ सत्तागठबन्धनबाट तीन जना मन्त्री बनेका छन् । नवनियुक्त तीन विनाविभागीय मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।
माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोरप्रसाद अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।