२०८१ श्रावण १२

सेयर बजारमा ७० अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २२, मंगलवार १२:०७ गते

बुटवल २२ फागुन । आज मंगलबार सेयर बजार ७० अंकले घटेको छ । आज ७०.३१ अंक घटेपछि नेप्से २००७.६९ अंकमा कायम भएको छ ।
सोमबार सर्किट ब्रेक लागेको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट आएको हो। सोमबार नेप्से ११७ अंकले बढेको थियो ।
आज तीन सय १६ कम्पनीका एक करोड १४ लाख ६७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ११ करोड ३७ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।