२०८१ श्रावण १२

लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २३, बुधबार ०९:५७ गते

 

बुटवल २३ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । उनले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन् । चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्तका लागि लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन्।
केन्द्रमा समीकरण भत्किएपछि त्यसको असर लुम्बिनीमा परेको हो ।