२०८१ श्रावण १२

नेप्से ९.३३ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २३, बुधबार १०:०४ गते

 

बुटवल २३ फागुन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.३३ अङ्कले बढेको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज ९.३३ अंकको वृद्धि भएको हो ।
परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।