२०८१ श्रावण १२

महिला दिवस, सेना दिवस र महाशिवरात्रीमा लुम्विनीका सभामुखद्धारा शुभकामना व्यक्त
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २५, शुक्रबार ०९:४८ गते

 

बुटवल २५ फागुन ।
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस, नेपाली सेना दिवस र महाशिवरात्री पर्वको अवसरमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गरेका छन् । आज बिहान शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण आमा, बुवा, दाजु, भाई, दिदी, बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
उनले धर्मनिरपेक्षताको सिद्धान्त अनुसार सबै धार्मिक महत्वका चाडपर्वलाई संरक्षण र प्रर्वद्धन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै लुम्विनी प्रदेश सभा सबै धर्म, संस्कृति, समुदाय, क्षेत्र, लिङ्ग वर्गको हक अधिकार सुनिश्चित गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्ति लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्यको स्मरणले यस क्षणमा मुक्ति र स्वतन्त्रताको विषयले अझै गम्भिर तुल्याएको शुभकामना सन्देशमा उल्लेख छ । विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा न्यायप्रेमी महिला दिदी बहिनीहरुले नेपालको राजनीतिक परिवर्तनमा पु¥याएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सभामुखले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय बनेको तथ्यलाई अझै मजवुद बनाउन महिला मैत्री नीति र व्यवहार अंगिकार गर्दै लैङ्गिक समानताको बलियो आधार बनाउन जरुरी रहेको बताएका छन् । उनले सभ्य र समुन्नत समाज निर्माणको लागि महिलाहरुलाई व्यवसायीक र उद्यमशिलताबाटै आत्मनिर्भर बनाउन यो दिवसले अभिप्रेरित गर्न सकोस् भने शुभकामना व्यक्त गरेका छन्।
त्यसै गरि उनले नेपाली सेनाले सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको लागि खेलेको महत्वपूर्ण योगदानको उच्च सम्मान र प्रशंसा गरेका छन् । नेपाल र नेपालीको शिर विश्वसामु उचो राख्ने सन्दर्भमा अझै व्यवसायीक मर्यादा, उच्च नैतिकताका साथै कर्तव्यनिष्ठ भई जिम्मेवारी निर्वाह गर्न यो दिवसले थप प्रेरणा प्रदान गर्ने छ भन्दै उनले सम्पूर्ण देशभक्त नेपाली सेना परिवारलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।