२०८१ श्रावण १२

महिलाका लागि प्रबिधिमैत्री बित्तिय पहुँच अभिबृद्धी कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २५, शुक्रबार ०९:५८ गते

बुटवल, २५ फागुन ।
महिलाहरुको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिकरुपले सवल बनाउन सकेमा मात्रै महिलाहरुको उचित सम्मान हुने धारणा एक कार्यक्रमका बक्ताहरुले ब्यक्त गरेका छन् । महिला अधिकारका बारेमा धेरै कुराहरु उठ्ने गरेको भएपनि महिला सशक्तिकरण र सवलीकरणका बारेमा उचित प्रबन्ध गर्न नसक्दा महिलाका अधिकारहरु कुन्ठित हुने गरेको उनिहरुले बताएका छन् ।
११४ औं अन्तराष्ट्रिय नारी दिवशका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले सैनामैनामा आयोजना गरेको महिलाहरुका लागि प्रबिधिमैत्री बित्तिय पहुँच अभिबृद्धी कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन । महिलाहरुको क्षमता अभिबृद्धीसँगै महिलाहरुलाई उत्पादनसँग जोडेर आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आवश्यक भएको सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा सैनामैना नगरपालीकाका प्रमुख फणेन्द्र शर्माले महिलाहरुलाई उत्पादन र उद्यमशिलतासँग जोडेर आर्थिक रुपले सवललिकरण गर्नसकेमा महिलाबिरुद्ध हुने सबैखाले हिंसा अन्त्य भएर जाने बताए । महिलालाई सवल बनाई आत्मनिर्णयको अधिकार दिन आवश्यक रहेको पनि उनको भनाई छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सल्लाहकार तथा राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनालले महिला हिंसाको समुल अन्त्य र महिलाको अधिकार संरक्षण गर्न आवश्यक रहेको चर्चा गरेका थिए । महिला बलियो भए मात्र समाज बलियो हुने धारणा ब्यक्त गर्दै अध्यक्ष खनालले महिलाहरुको क्षमता अभिबृद्धि गरि आत्मनिर्भर र आर्थिकरुपले सवल बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका मानव संशाधन श्रोत प्रमुख प्रभास राई, डिजिटल बैंकिङ्ग अफिसर नारायण न्यौपाने, मुर्गिया शाखाका म्यानेजर दिपक पौडेल एबं राजिव गौतम र एनएमबी बैंकका म्यानेजर कमल ढकाललगायतले सहजीकरण गर्दै बैंकिङ्ग ज्ञान, नविनतम प्रबिधी ज्ञान र शेयर कारोबारबारे अभिमुखीकरण गरेका थिए ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका ७५ जना महिलाहरुलाई सो प्रशिक्षण प्रदान गरिएको शाखा सभापति कृष्ण भट्टराईले बताए । कार्यक्रममा साईन रेसुंगा डेभलपमेन्ट बैंक, एन.एम.बि बैंक मुर्गिया शाखा र धौलागिरी सहकारी संस्थाको समन्वय र सहयोग रहेको उनले जानकारी गराए ।