२०८१ श्रावण १२

खुल्ला महिला दौड प्रतियोगितामा घिमिरे प्रथम
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २५, शुक्रबार १२:२३ गते

बुटवल, २५ फागुन ।
११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
रेडियो मुतmी बुटवलको आयोजना, लुम्बिनी खेलकुद् परिषद्को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका सहित बिभिन्न पालिका र संघसंस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।
दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २२ मिनेट ५७ सेकेण्ड ४३ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम भउकी छिन् । प्रथम घिमिरेले नगद १२ हजार रुपैया ,मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् । त्यस्तै नेपाल प्रहरीकी पुनम खड्का क्ष्ोत्री २३ मिनेट ११ सेकेण्ड १२ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय भएकी छिन् । उनले ९ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।
दिप बोर्डिङ्गहाई स्कुलकी देबि बुढा २७ मिनेट १२ सेकेण्ड ६६ प्रतिसेकेण्डमा पाँच किलोमिटर दरी पार गर्दै तृतिय स्थान हात पार्न सफल भएकी छिन् । बुढाले नगद रु नगद ५ हजार ,प्रमाणपत्र तथा मेडल प्राप्त गरिन् ।
खेलमा कालिका मानवज्ञान माबिकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ प्रतिसेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथोहुन सफल भइन् । चौथो हुने पराजुलीलाई प्रोत्साहन स्वरुप रु ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ, लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठा भउ । उनीहरुलाई प्रोत्साहन स्वरुप रु २ हजार, प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा सबैभन्दा कम उमेरकी लक्ष्मी माबिमा अध्यरनरत १२ बर्षकी बिनिता मुखियाले ५ किलोमिटर दुरी पार गरेको उपलक्ष्यमा रेडियोको तर्फबाट र बिभिन्न ब्यक्तीहरुको तर्फबाट नगद रु ३ हजार र प्रमाणपत्र र सबै भन्दाबढी उमेरका ४० बर्षभन्दा माथि ५ किलोमिटर दौड पुरा गरेकोमा इनरव्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी, एकल महिला समुह रुपन्देहीकी रिता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी, प्रगतिशिल महिला सहकारी तिलोत्तमाकी मन्जु थारुलाई सम्मान गरिएको छ ।
विजयी प्रतियोगिलाई रेडियोका कार्यबहाक अध्यक्ष ईन्दिरा आचार्य , प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, परिषद्का सदस्यद्धय हरि बहादुर वली, राजकुमार पाण्डे, जिल्ला भलिवल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्य, मानव अधिकार एलायन्सका अध्यक्ष माधव सापकोटा, नेपाली जुत्ता घरका संचालक उत्तम देबकोटा लगायतले पुरस्कार प्रदान गरे ।
प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको दौड मिलनचोक हुदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा रुपन्देहीका सरकारी तथा गैरसरकारी संघसंस्था र पाल्पाको तिनाउ गाउपालिकाका गरी ३५० जना महिलाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरका नगरप्रमुख पाण्डेयले खेल क्षेत्रको प्रबद्र्धन र विकासमा उपमहानगरपालिकाले जोड दिदै आएको बताए ।
उपप्रमुख साबित्रादेबि अर्याल, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, रेडियोका कार्यबहाक अध्यक्ष इन्दिरा आचार्य, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक बिजयराज पण्डीत, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टा«फिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी बरिष्ठ नायव निरिक्षक जगदिश तिमिल्सेना, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, नेपाल प्रेस युनियनमा सभापति कबिन्द्र नेपाल, गैरसरकारी संस्था महासंघकी पूर्ब केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा ,खेल प्राबिधिक प्रमुख मोहन घलेलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम रेडियो मुक्तीका कार्यवहाक अध्यक्ष इन्दिरा आचार्यको अध्यक्षता, स्टेशन म्यानेजर कल्पना तिवारीको स्वागत तथा समाचार प्रमुख कार्यक्रम संयोजक अस्मिना पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।