२०८१ श्रावण १२

एक्स्ट्रा टेक ओभल क्रिकेट मैदान उद्घाटन,एक्स्ट्राटेक लिजेन्ड कप सुरु
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २८, सोमबार ०७:२९ गते

बुटवल २८ फागुन ।
रुपन्देहीको तिलोत्तमामा १७ दरखसवामा निजी क्षेत्रको लगानीमा निर्माण गरिएको एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानको सोमबार उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मैदानको उद्घाटन गरेका छन्। उद्घाटन सगै एकदिने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिता सुरु भएको छ ।
अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विरोध कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। पहिलो चरणमा मैदानको निर्माण सकिएसँगै आज ‘लिजेन्ट्स कप’ शुरु गरिएको छ।
टी–२० फर्म्याटमा चारवटा टिमहरू मैदानमा छन्। जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन्।