२०८१ श्रावण १२

व्यापार संघमा थान कपडा एवं व्याग उपसमिति गठन
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २८, सोमबार ०७:३८ गते

बुटवल २८ फागुन ।
रुपन्देही व्यापार संघमा आवद्ध थान कपडा तथा व्याग व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । थान कपडा र व्याग व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै भिष्म सापकोटाको संयोजकत्वमा १० सदस्यीय थान कपडा वस्तुगत उपसमिति र विजय सिंह रायमाझीको संयोजकत्वमा १५ सदस्यीय व्याग वस्तुगत उपसमिति गठन गरेको हो ।
थान कपडा वस्तुगत उपसमितिको सह–संयोजकमा सागर पन्थी, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा विपिन श्रेष्ठ र कोषाध्यक्षमा पदमप्रसाद नेपाल रहेका छन् । सदस्यहरुमा भेषराज अर्याल, दुर्गाकुमारी श्रेष्ठ, दिपक श्रेष्ठ, अजय नेपाल र सल्लाहकारमा विष्णु पौडेल, विष्णु ज्ञवाली, प्रज्वल शर्मा, साजनकानु वानिया रहेका छन् । त्यस्तै व्याग वस्तुगत उपसमितिको सह–संयोजकमा दिपेन्द्र न्यौपाने, सचिवमा छविलाल चापागाई, कोषाध्यक्षमा किशोर कु“वर, सह–सचिवमा शान्ता भट्टराई रहेका छन् । यस्तै सदस्यहरुमा दिनेश पोखरेल, यमबहादुर दर्लामी, सुरज खनाल, प्रकाश ज्ञवाली, अम्मरबहादुर राना, रमेश नेपाल, अजिनदिन मिया, निशा पाण्डे, तिलक पाण्डे, सूर्यबहादुर कु“वर र सल्लाहकारहरुमा शंकर पोखरेल, अंजन श्रेष्ठ, कपिल ज्ञवाली, प्रदिप शाक्य, गौतम शाहा रहेका छन् ।
भेलामा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गरे । उनले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा व्यवसायीहरुको सहयोगि बन्न आग्रह गरे । उनले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उपभोक्ताहरुको मन जितेर व्यवसाय प्रवद्र्धनमा लाग्न सकेमा मात्र सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
यस्तै कार्यक्रममा संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल, वस्तुगत उपसमितिका संयोजक एवं संघका सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य, शोभाकुमारी जोशी, माधवप्रसाद ज्ञवाली, जिवलाल पौडेल, केदार नेपाल, गोविन्द चापागाई, गकुल ज्ञवालीलगायतले उपसमितिको सकृयता र क्रियाशिलताले संघको गतिविधि आम उपभोक्ता तथा व्यवसायीमा पुग्ने हुदा अघिल्लो कार्यकालमा भएका काम भन्दा अझ उत्कृष्ट काम गर्न सुझाव दिए । थान कपडा वस्तुगत उपसमितिका संयोजक प्रज्वल तिमिल्सिनाको अध्यक्षता तथा व्याग वस्तुगत उपसमितिको संयोजक शंकर पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।