२०८१ श्रावण १२

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २९, मंगलवार १०:३० गते

काठमाण्डौं २९ फागुन ।
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी के्रन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी राष्ट्रिय सभामा सरकारबाट मनोनित सांसद थिए । ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरे । उनको विपक्षमा १७ मत पर्यो । जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा मतदानमा सहभागी भएनन् ।
राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । त्यसपछि नयाँ अध्यक्षको निर्वाचन भएको हो ।
कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि दाहाल राष्ट्रिय सभाको अध्यक्ष बन्ने बाटो खुलेको थियो ।