८ जेष्ठ २०८१, मंगलवार

आम्दा अस्पतालको निर्देशकमा डाक्टर पराजुली
  • लुम्बिनी खोज
  • २९ फाल्गुन २०८०, मंगलवार ११:१५

बुटवल २९ फागुन ।
बुटवल स्थीत सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को कार्यकारी निर्देशकमा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विनोद पराजुली नियुक्त भएका छन् ।
डाक्टर पराजुली सग विगतमा पनि आम्दा अस्पतालको निर्देशक भएर काम गरेको अनुभव छ । बुटवलका प्रतिष्ठित बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर पराजुलीसग बालरोगको उपचारमा धेरै बर्ष काम गरेको अनुभव छ ।
अस्पतालका कार्यकारी निर्देशक डाक्टर पराजुलीले आम्दा अस्पतालको विकासमा सबैको साथ सहयोगबाट अगाडी बढ्ने भन्दै अस्पताललाई थप उचाइमा लैजान लागि पर्ने बताए ।