२०८१ श्रावण १२

बुटवलमा डेल्टा अटोकर्पको नयाँ शोरुम, गैरे अटोमोवाईल्स मार्फत बिक्री शुभारम्भ
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २९, मंगलवार १३:१० गते

बुटवल २९ फागुन ।
नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । प्रालिले नयाँ डिलर गैरे अटोमोवाईल्र्स मार्फत बिक्री शुभारम्भ गरेको हो ।
बुटवल क्षेत्रमा बढ्दै गएको भेष्पा अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गर्दै नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतो र गैरे अटोमोवाईल्र्स प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा शुभारम्भ गरे ।


यस क्षेत्रमा स्कुटीको माग दैनिक वढ्दै गएकोले कम्पनीले नयाँ शोरुम स्थापना गरी विक्रीलाई प्राथमिकता प्रदान गरेको डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले बताए । नयाँ शोरुमबाट स्कुटरको सेल्स, सर्भिस, स्पेयर्स, एक्सचेन्जका साथै फाईनान्सको सुविधा रहेको बताए ।
गैरे अटोमोवाईल्र्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले वजारको माग र लोकप्रियतालाई मध्यनजर गर्दै आफूहरुले नयाँ शोरुम संचालनमा ल्याउन पाएकोमा उत्साहित महशुस भएको बताए । शुभारम्भको अवसरमा कम्पनीले प्रतिस्कुटरमा नगद १० हजार छुट र एक थान हेलमेट उपहार प्रदान गर्ने गरी विशेष अफर घोषणा गरेको गैरे प्रतिष्ठानको वरिष्ठ प्रबन्धक धु्रव सापकोटाले बताए ।