२०८१ श्रावण १२

सुप्रिम सहकारी ठगी प्रक्ररणः पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति
  • लुम्बिनी खोज
  • २०८० चैत्र ४, आईतवार १५:१४ गते

बुटवल २४ चैत ।
सुप्रिम सहकारीमा बचतकर्ताको रकम ठगी प्रक्ररणमा मुछिएका दीपेश पुनलाई आठ दिन हिरासतमा राख्न जिल्ला अदालत रुपन्देहीले अनुमति दिएको छ।
काठमाडौंबाट शुक्रबार पक्राउ परेका दीपेशमाथि प्रहरीले सहकारी हिनामिनामा अनुसन्धान गरिरहेको छ। रुपन्देहीस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनाको अनुसन्धान गर्न रुपन्देही प्रहरीले दीपेशलाई हिरासतमा राखेको हो।

करोडौं रुपैयाँ हिनामिना भएको भन्दै सहकारीपीडितले प्रहरीमा उजुरी दिएका थिए। दीपेश यो सहकारीका संस्थापक कोषाध्यक्ष हुन्।