२०८१ श्रावण १२

नेप्सेमा ६ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० चैत्र ६, मंगलवार ११:२९ गते

बुटवल ६ चैत ।
आज नेप्से परिसूचक ६.२४ अंकले घटेको छ । ६.२४ अंकले घट्दा नेप्से दुई हजार ६७.२९ अंकमा झरेको छ।
आज मंगलवार तीन सय सात कम्पनीका ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता सेयर ६३ हजार आठ सय एकपटक खरिद–बिक्री भएको छ । आज रु. तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।