२०८१ श्रावण १२

लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति सम्मेलन सुरु
  • लुम्बिनी खोज
  • २०८० चैत्र ८, बिहीबार १६:४८ गते

बुटवल,८ चैत ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।  सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ पनि लुम्बिनी आइपुगेका छन ।

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको हो। सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्विलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनीमा सुरु भएकाे हाे। सम्मेलनकाे बिहीबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन्।

उद्घाटन समाराेहमा बाेल्दै परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी बुद्व जन्मस्थल मात्रै नभई बाैद्ध दर्शनकाे उद्गम भूमि रहेकाे बताए। उनले बुद्व र लुम्बिनीलाई अलग बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनामा महत्त्वपूर्ण विश्वले अंगीकार गर्नुपर्ने बताए। लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेकाे समेत उनले बताए।

उनले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेकाे बताउँदै विश्वमा देखिएकाे द्वन्द्वलाई धुव्रीकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेकाे द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनले बताए।

कार्यक्रममा भाग लिन १९ वटा मुलुकका गैरआवासीय राजदूतहरू एकै पटक लुम्बिनीमा भेला भएका छन् । उक्त सम्मेलनमा भाग लिन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू बिहीबार दिउँसो बुद्ध एयरको जहाजमा भैरहवा आएका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत सहभागी भएका छन ।

सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने कार्यक्रम छ । नेपालमा लगानीको अवसर बढाउन पनि कार्यक्रमले योगदान गर्ने आयोजकको भनाइ छ । नेपाल पर्यटन बोर्ड तथा लगानी बोर्डको कार्यालयको पनि सम्मेलनमा सहयोग छ । विश्व शान्ति सम्मेलन शुक्रबार सकिने छ ।