२०८१ श्रावण १२

व्यापार संघमा युवा उद्यमी र सिसा तथा प्लाई वस्तुगत उपसमिति गठन
  • लुम्बिनी खोज
  • २०८० चैत्र ९, शुक्रबार १०:३१ गते

बुटवल, ९ चैत्र ।
रुपन्देही व्यापार संघमा आवद्ध युवा उद्यमी एवं सिसा तथा प्लाई व्यवसायीहरुको वृहत भेलाले शुक्रबार वस्तुगत उपसमिति पूर्नगठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले शालिकराम न्यौपानेको संयोजकत्वमा १३ सदस्यीय युवा उद्यमी वस्तुगत उपसमिति र माधवप्रसाद ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय सिसा तथा प्लाई वस्तुगत उपसमिति गठन गरेको हो ।
युवा उद्यमी वस्तुगत उपसमितिको सह–संयोजकमा योगेन्द्र कंडेल, सचिवमा हरिकृष्ण सुवेदी, कोषाध्यक्षमा पिताम्बर पाण्डे, सह–सचिवमा कमल खनाल रहेका छन् । यस्तै सदस्यहरुमा टंक पाण्डे, विनोद पन्थ, जिवन पाण्डे, कपिल पन्थ, मनु गिरी, रामजी केसी, भरत महत, राजेन्द्र पोखरेल र सल्लाहकारमा हेमबहादुर थापा, देवीदत्त कंडेल, टंकनाथ पाण्डे रहेका छन् । यस्तै सिसा तथा प्लाई वस्तुगत उपसमितिको सह–संयोजकमा विवेक पौडेल, सचिवमा महेश न्यौपाने, कोषाध्यक्षमा विजयकुमार अग्रहरी रहेका छन् । यस्तै सदस्यहरुमा दिपक बस्याल, देवी पराजुली, केशव रेग्मी, रमेश नेपाल, विपिन रिझाल, रमेश रायमाझी, रामचन्द्र भट्टराई, सल्लाहकारहरुमा हेमबहादुर थापा, रामप्रसाद न्यौपाने, रामप्रसाद घिमिरे रहेका छन् ।
भेलामा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले उपसमितिहरु रुपन्देही व्यापार संघको आधार सिला भएको भन्दै संघलाई अगाडि बढाउन उपसमितिहरुको ठूलो भूमिका रहने बताए । उनले पछिल्लो समय व्यावसायिक क्षेत्रमा देखा परेका समस्याहरुलाई सही तरिकाले औल्याउदै त्यसको समाधान गरी व्यवसायीहरुको विश्वासिलो पात्र बन्नुपर्ने सुझाव दिए ।
भेलामा संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल (मणि), वस्तुगत उपसमितिका संयोजक एवं संघका सह सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य जिवनारायण घिमिरे, टेकराज पन्थीलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा चर्चा गरेका थिए । कार्यक्रम संघका कार्यसमिति सदस्य अशोक ज्ञवालीको अध्यक्षता र सिसा तथा फर्निचर वस्तुगत उपसमितिका सचिव महेश न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।