२०८१ श्रावण १२

राममणि क्याम्पसमा विविध खेलकुद
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ११, बुधबार १४:१० गते

बुटवल, ११ फागुन । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् ।
खेलकुदमध्ये क्रिकेट प्रतियोगितामा प्लस टु तर्फले पहिलो स्थान हासिल गरेको छ । बी.बी.एस. दोस्रो वर्षलाई पछि पार्दै प्लस टु समूह पहिलो भएको हो ।
यस्तै, फूटबल प्रतियोगितामा बी.बी.एस. तेस्रो वर्षले पहिलो स्थान हासिल गरेको छ । गणेश पराजुली नेतृत्वको सो समूहले ललित गुरूङ् नेतृत्वको बी.बी.एस. दोस्रो वर्षलाई पछि पार्दै पहिलो भएको हो ।
यसैगरी, हाजिरी जवाफ प्रतियोगितामा वी.एड. पहिलो वर्षका दुर्गाबहादुर महत, कविता पौडेल र देवीलाल भट्टराईको समूह पहिलो भएको छ । त्यस्तै, बी.बी.एस. दोस्रो वर्षका किशन ज्ञवाली, लिलाधर बस्याल र रक्षा पन्थीको समूह दोस्रो भएको छ । प्रतियोगितामा बी.बी.एस. पहिलो वर्षका साजना आचार्य, सुधर्शन पौडेल र नविन पराजुलीको समूह तेस्रो भएका थिए ।
त्यस्तै प्रकाश भुर्तेल, आशा आचार्य र साक्षी तिवारीको बी.एड. समूहले सान्त्वना स्थान हासिल गरेको हाजिरीजवाफ कार्यक्रम सञ्चालक खिमानन्द ज्ञवालीले जानकारी दिए । क्याम्पसको वार्षिकोत्सवकै सन्दर्भमा सञ्चालित कविता प्रतियोगितामा बी.बी.एस. दोस्रो वर्षका विक्रम पराजुली पहिलो, बी.एड. पहिलो वर्षका निर्मला सिञ्जाली दोस्रो र बी.एड. दोस्रो वर्षका साक्षी तिवारी तेस्रा भएका थिए ।
यस्तै वक्तृत्वकला प्रतियोगितामा बी.बी.एस. पहिलो वर्षका विनिता पराजुली पहिलो, बी.बी.एस. पहिलो वर्षकै देवीलाल भट्टराई दोस्रो र बी.ए. पहिलो वर्षका विन्दु पंगेनी तेस्रो भएका थिए ।
प्रतियोगिताका विजयी सबैलाई २०७८ फाल्गुण १२ गते सञ्चालन हुने वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरिने अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मण खरेलले जानकारी दिए ।