२०८१ श्रावण १२

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाउने
  • लुम्बिनी खोज
  • २०८० चैत्र ११, आईतवार १२:२१ गते

काठमाण्डौं ११ चैत ।
नेकपा एमालेले इलाम निर्वाचन क्षेत्र नम्बर– २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, एमालेले बझाङ–१ को प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। सुहाङ स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्। रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा एमालेले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
इलाम– २ बाट निर्वाचित सुवास नेम्वाङको गत २६ भदौमा निधन भएकाले रिक्त रहेको यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।