२०८१ कार्तिक ९

नेप्से १७ अंकले घट्यो
  • लुम्बिनी खोज
  • २०८० चैत्र १२, सोमबार १४:०४ गते

बुटवल १२ चैत ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेको छ । आज सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर दुई हजार ३१.५५ को विन्दुमा झरेको छ।
आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता सेयर ४४ हजार दुई सय ३६ पटक खरिद–बिक्री भएका छन् । आज रु. दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ। त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।