२०८१ श्रावण १२

नेप्सेमा दोहोरो अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० चैत्र १३, मंगलवार ११:२३ गते

बुटवल १३ चैत ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १०.१४ अंकले बढेर दुई हजार ४१.७० को विन्दुमा पुगेको छ।
तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता सेयर ४९ हजार पाँच सय १२ पटक खरिद–बिक्री भएका छन् । आज रु. दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीनबराबरको कारोबार भएको छ।