२०८१ कार्तिक ९

सुन अहिलेसम्मकै उच्च
  • लुम्बिनी खोज
  • २०८० चैत्र १५, बिहीबार ०७:३६ गते

काठमाडौं ,१५ चैत  ।

सुनको मूल्य तोलाको एक हजार १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख २७ हजार ९०० मा कारोबार भइरहेको छ । तेजावी सुन एक लाख २७ हजार ३०० मा कारोबार भएको छ ।

बुधबार छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार ५१० मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार ४९० मा कारोबार भएको थियो ।