२०८१ श्रावण १२

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दधिराम खरेल नेतृत्वको प्यानल विजयी
  • लुम्बिनी खोज
  • २०८० चैत्र १८, आईतवार ०५:५१ गते

बुटवल, १८ चैत ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दधिराम खरेल नेतृत्वको प्यानल विजयी भएको छ । २ हजार भन्दा पनि बढी मतदाता रहेको बस व्यवसायीहरुको ठूलो प्रालि मध्येको यस प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन अन्तर्गत भएको मतदानबाट खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । नेतृत्वका लागि प्रालिको अध्यक्ष समेत रहेका खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानल चुनावी प्रतिष्पर्धामा थिए ।
निर्वाचनबाट प्रालिको सञ्चालकहरुमा दधिराम खरेलले १४ सय ३६, रामचन्द्र भुसाल १४ सय ६७, जीवनकुमार वन्जाडे १३ सय ४७, गोपालबहादुर पौडेल १३ सय ८६, सुरेन्द्र श्रेष्ठ १३ सय ८४, मोहन पिएस १४ सय ४०, रामचन्द्र खडका १२ सय ८३, जितेन्द्र खत्री १३ सय ३१, नारायणप्रसाद भण्डारी १२ सय ५१, नारायणप्रसाद घिमिरे १२ सय ६३, , चेतनारायण बेलबासे (गोली नारायण) १३ सय २६ मत ल्याइ विजयी भएका छन् । अर्को प्यानलको नेतृत्व गरेका पदमराज गाहाले भने जम्मा ६५९ मत मात्र प्राप्त गरेका छन्।