२०८१ श्रावण १२

शिवपुर माध्यमिक विद्यालयमा तेक्वान्दो खेलको पेटी परीक्षा
  • लुम्बिनी खोज
  • २०८० चैत्र १८, आईतवार ०६:१३ गते

बुटवल १८ चैत ।
तिलोत्तमा शिवपुर स्थीत शिवपुर माध्यमिक विद्यालय अन्तर्गत रहेको शिवपुर आइटीएफ तेक्वान्दो डोजाङ्गले विद्यालयमा रहेका तेक्वान्दो खेलाडीहरूको पहिलो पेटी परीक्षा सम्पन्न गरेको छ।
उक्त अवसरमा लुम्बिनी प्रदेश आइटीएफ तेक्वान्दो संघका उपाध्यक्ष एवं आइटीएफ तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय प्रशिक्षक नवराज खरेल र प्रशिक्षक सागर मल्लले एक कार्यक्रमका बीच विद्यार्थीहरूको परीक्षा लिएका थिए। विगत ६ महिनादेखि सञ्चालन भएको शिवपुर आइटीएफ तेक्वान्दो डोजाङ्गले पहिलोपटक पेटी परीक्षा कार्यक्रम सम्पन्न गरेको हो।
शिवपुर आई टि एफ तेक्वान्दो डोजाङ्गमा सृष्टि पन्तले तेक्वान्दो प्रशिक्षण गराउँदै आएकी छन्।