२०८१ श्रावण १२

व्यापार संघमा अटोमोवाइल वस्तुगत उपसमिति 
  • लुम्बिनी खोज
  • २०८० चैत्र १८, आईतवार १६:१९ गते

बुटवल,१८ चैत्र ।
रुपन्देही व्यापार संघमा आवद्ध अटोमोवाइल्स व्यवसायीहरुको सम्पन्न वृहत भेलाले वस्तुगत उपसमिति पूर्नगठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले टेकनाथ बस्यालको संयोजकमा १० सदस्यीय अटोमोवाइल्स उपसमिति पूर्नगठन गरेको हो ।
अटोमोवाइल्स उपसमितिको सह–संयोजकमा विनोद पराजुली, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद पन्थी, सह–सचिवमा अर्जुन पोखरेल रहेका छन् । सदस्यहरुमा प्रकाश पंगेनी, अरुण पौडेल, अनिल भगत, ध्यानबहादुर राई, सुरेश के.सी र सल्लाहकारहरुमा ठाकुरप्रसाद आचार्य, रामप्रसाद बेल्वासे रहेका छन् ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कोभिड पछिको आर्थिक मन्दी र खस्कदै गैरहेको व्यापार व्यावसायलाई जिम्मेवारपूर्वक संचालन गर्नुपरेको अहिलेको अवस्थालाई बुझेर व्यावसाय संचालन गर्न उनले आग्रह गरे । उनले वस्तुगत उपसमितिमार्फत् सम्पूर्ण व्यावसायीहरुको असल अभिभावक बन्न उपसमितिलाई आग्रह गरे । यस्तै भेलामा संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, कोषाध्यक्ष मनिराम खनाल, वस्तुगत उपसमितिका संयोजक एवं संघका सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, मानार्थ सदस्य ऋषिराम पाण्डेलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा चर्चा गरेका थिए । कार्यक्रम संघका कार्यसमिति सदस्य पूर्णबहादुर ज्ञवालीको अध्यक्षता र कृष्णप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।