२०८१ श्रावण १२

पेट्रोल ४ रुपैयाँले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० चैत्र १८, आईतवार १६:४३ गते

काठमाण्डौं १८ चैत ।
नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य बढाएको छ । निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ प्रतिलिटर पुगेको छ। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको छ।
आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट नयाँ खरिद मूल्य आउँदा पेट्रोलको मूल्य चार रुपैयाँ ७६ पैसा प्रतिलिटर बढेर आएका कारण निगमको सञ्चालक समिति बैठक बसेर मूल्यवृद्धि गरेको जनाएको छ।
त्यस्तै, डिजेल ०.३९ रुपैयाँ र हवाई इन्धन ०.३८ रुपैयाँ प्रतिलिटर घटेको तथा खाना पकाउने एलपी ग्यासको मूल्य २७.४४ रुपैयाँ प्रतिसिलिन्डर घटेको आएको निगमले जनाएको छ।
मूल्य घटे पनि ग्यास बिक्रीमा निगमलाई अझै प्रतिसिलिन्डर दुई सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेकाले मूल्य यथावत रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ।