२०८१ श्रावण १२

सरकारले एकै पटक ठुलो संख्यामा गर्यो सचिवहरुको जिम्मेवारी हेरफेर
  • लुम्बिनी खोज
  • २०८० चैत्र १९, सोमबार १६:४५ गते
  बुटवल, १९ चैत ।
 सरकारले सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले गृह मन्त्रालयको सचिवको जिम्मेवारी पाएका छन् ।

प्रधामन्त्री कार्यालयकै महेन्द्रमान गुरुङ सञ्चार मन्त्रालय पुगेका छन् । प्रधानमन्त्री कार्यलयकै अर्का सचिव शरदचन्द्र पौडेल योजना आयोगमा सरूवा भएका छन् । कार्यालयकै अर्का सचिव कृष्णराज बिसी खानेपानी मन्त्रालयका सचिव भएका छन् ।अख्यितयार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाल अर्थ मन्त्रालयमा पुगेका छन् भने रक्षा सचिव विनोद केसी राष्ट्रपतिको कार्यालय पुगेका छन् ।

अर्थ मन्त्रालयका सचिव शंकर अधिकारी उपराष्ट्रपति कार्यालय पुगेका छन् । योजना आयोगका सचिव विष्णु लम्साल रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल श्रम, महिलाबालबालिका तथा सुरक्षा मन्त्रालय र मन्त्रिपरिषदको कार्यालयका सचिव खगराज बराल शिक्षा मन्त्रालयमा पुगेका छन् ।

यसैगरी सञ्चार मन्त्रालयका केदारबहादुर अधिकारी मन्त्रिपरिषद कार्यालय गएका छन् ।अर्थसचिव शंकरप्रसाद अधिकारी उपराष्ट्रपति कार्यलय पठाइएका छन्। राष्ट्रपति कार्यालयका भूपेन्द्रप्रसाद पौडेल बेपत्ता छानविन आयोगका सचिव भएका छन्।

वन मन्त्रालयका युवकध्वज जिसी कृषिमा आइपुगेका छन्। पशुपंक्षी मन्त्रलायका विश्वनाथ ओली वन मन्त्रालय पुगेका छन्। खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर विज्ञान मन्त्रालय पुगेका छन।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की नेपाल ट्रस्टको कार्यालयमा पुगेका छन्। वातावरणम मन्त्रालयका सचिव प्रकाश माथेमा पशुपक्षी मन्त्रालय पुगेका छन् । शिक्षा सचिव मधु रेग्मी सार्वजनिक खरिद कार्यालय पुगेका छन् । विज्ञान मन्त्रालयका सचिव सञ्जय शर्मा सिँचाइ मन्त्रालयका सचिव बनाइएका छन् ।