२०८१ श्रावण १२

राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने
  • लुम्बिनी खोज
  • २०८० चैत्र २१, बुधबार १०:२३ गते

काठमाडौ,२१ चैत ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत्र २८ गतेलाई तोकिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनको मिति घोषणा गरेका छन  ।

अध्यक्ष दाहालले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/०८१ सभा समक्ष प्रस्तुत गरे ।

त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराए  । राष्ट्रिय सभाको अर्को बैठक यही चैत्र २८ गते बुधवार १ बजेर १५ मिनेटमा बस्नेछ ।