२०८१ श्रावण १२

तीन दिन मौसममा बदली, मधेसमा हावाहुरी चल्ने
  • लुम्बिनी खोज
  • २०८० चैत्र २३, शुक्रबार १७:११ गते

बुटवल,२३ चैत ।

आगामी तीन दिन देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर मेघ गर्जन, चट्याङ्सहित आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्सहित हल्का बर्षा भइरहेको छ । राति पनि यी प्रदेशका पहाडी भूभागसहित बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

, “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का बर्षा भइरहेको छ । राति बागमती प्रदेशका पहाडी भूभागमा पनि हल्का बर्षाको सम्भावना छ ।”

हावाहुरी चल्ने 

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार  शनिबार मधेस प्रदेशको एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । मधेस प्रदेशमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रका बासिन्दालाई थप सतर्कता अपनाउन उनले आग्रह गरे । ।

बाँकी प्रदेशमा आंशिदेखि साधारणतया बदलीको सम्भावना रहेको उनले बताए  । प्रि–मनसुनको समय भएकाले पहाडी भूभागमा केहीबेर पानी पर्ने र रोकिनेक्रम निरन्तर चल्ने उनको भनाइ छ । आइतबार पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।