८ जेष्ठ २०८१, मंगलवार

गुजरातविरुद्ध नेपाल १८ रनले विजयी
  • लुम्बिनी खोज
  • २५ चैत्र २०८०, आईतवार १३:३१

काठमाडौ,  २५चैत ।

एसएमएस फ्रेन्डसिप कप २०२४ को उपाधि नेपालले जितेको छ। फाइनलमा गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर रन बनाउन सक्यो । गुजरातका लागि कप्तान उमंग रोहित कुमारले सर्वाधिक ४० रन बनाए भने आर्य देसाईले ३६ रन जोडे । नेपालका लागि अविनाश बोहराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । करण केसी र कुशल मल्लले समान १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ७४ रन बनाए । ओपनर कुशल भुर्तेलले १९ रन, आशिफ शेखले ३४ रन तथा कुशल मल्लले ३१ रन बनाए । गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १-१ विकेट लिए ।