२०८१ श्रावण १२

बुटवल औद्योगिक क्षेत्रका उद्योगीले गरे औद्योगिक भ्रमण
  • लुम्बिनी खोज
  • २०८० चैत्र २७, मंगलवार ११:४९ गते

बुटवल, २७ चैत ।
बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा उद्योगीहरु ३ दिने औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण गरि रुपन्देही फर्केका छन् ।
संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको उद्योगीहरुको टोलीले पाल्या, स्याङजा तथा कास्कीका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्नुकासाथै पोखरा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको अध्ययन भ्रमण गरेको छ । त्यसक्रममा उद्योगीहरुले बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवद्र्धन र अनुभव साटासाट गरेको संघका अध्यक्ष भट्टराईले बताए ।
सो टोलीले बुटवलका उद्योगी तथा बासिन्दाहरुको लगानीमा निमार्ण भैरहेको सेती नदी हाइड्रो पावरको अवलोकन पनि गरेको थियो । संघका अध्यक्ष भट्टराईको नेतृत्वमा १८ सदस्यीय टोली पहिलो दिन स्याङजाको भिरकोट नगरपालिका वडा नं. ८ ओकादीमा रहेको ओखती पानी तमु नासा होमस्टेमा पुगेर बास बसेको थियो । उद्योगीहरुको टोलीले स्थानिय महिलाहरुले सञ्चालन गरेको होमस्टेका बारेमा छलफल गर्नुकासाथै स्थानिय क्षेत्रहरुको अवलोकन गरेको थियो । ४५ घर गुरुङ वस्ती रहेको सो ठाउमा २०७५ सालमा होमस्टे स्थापना गरि आयआर्जन गर्ने काम सुरु गरिएको होमस्टे समितिका अध्यक्ष मनमाया गुरुङले बताइन ।
भ्रमणको अन्तिम दिन पर्यटकिय नगरी पोखरा पुगेको संघको टोलीले पोखरा औद्योगिक क्षेत्र उद्योग संघसंग अन्तरक्रिया गरेको थियो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष भट्टराईले आफ्नो भ्रमणको मुख्य उद्देश्य अवलोकन गरी अनुभव साटासाट गर्ने रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन भ्रमणको लागि उद्योगीहरुलाई आग्रह गरे । उनले त्यस अवसरमा पोखराका उद्योगीहरुलाई रुपन्देही र लुम्बिनीको भ्रमणका लागि निम्ता पनि गरे ।
पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले व्यवसायिक अनुभवहरु एक–अर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन सबैले पहल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहाकार उद्योगी ज्ञानेन्द्र कसजुले उद्योगीहरुका समस्याका बारेमा राज्यलाई दवाव दिन उद्योगीहरुवीचको एकता नै जरुरी रहेको बताए ।
त्यस अवसरमा टोलीले पोखरा औद्योगिक क्षेत्रमा रहेको नेपाल कै ठूलो डेरी उद्योग सुजल डेरी, माछापुच्छ«े इन्जीनियरिङ वर्कस, रत्न इन्जीनियरिङ वर्कसलगायतका उद्योगहरुको अवलोकन गरेको थियो ।
भ्रमण टोलीका संयोजक यादव भण्डारीका अनुसार ३ दिवसिय भ्रमणले आन्तरिक पर्यटन प्रबद्र्धन तथा औद्योगिक उत्पादनको अध्ययन अवलोकन गर्ने राम्रो अवसर दिनुकासाथै भ्रमणबाट आन्तरिक सहकार्यमा बल प्राप्त भएको अनुभव सबै उद्योगीले गरेका छन् ।