२०८१ श्रावण १२

व्यापार संघमा महिला उद्यमीहरुको भेला
  • लुम्बिनी खोज
  • २०८० चैत्र २७, मंगलवार १२:०० गते

बुटवल, २७ चैत्र
रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला सम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुर्नगठन गर्ने क्रममा सो भेला आयोजना गरिएको थियो । संघको सचिवालयमा भएको उक्त भेलाले लक्ष्मी भट्टराईको संयोजकत्वमा १५ सदस्यीय महिला उद्यमी बस्तुगत उपसमिति गठन गरेको छ ।
महिला उद्यमी उपसमितिको संह–संयोजकमा सम्झना ज्ञवाली, सचिवमा सरिता नेपाल, सह–सचिवमा गौरी न्यौपाने, कोषाध्यक्षमा कल्पना भण्डारी र सदस्यहरुमा लिना थापा, यमकुमारी आले, सुरेशा थापा, सरिता पाण्डे, विश्व श्रेष्ठ, रोशनी पाण्डे, माया राई, सरिता पौडेल, राधिका नेपाल र सल्लाहकारहरुमा सरस्वती पराजुली, लक्ष्मी बस्याल, यमुना श्रेष्ठ, सरस्वती श्रेष्ठ, दुर्गा श्रेष्ठ, गिता थापा रहेका छन् ।
सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाहरुको कमी रहेको भन्दै महिलाले उद्योग, व्यापार÷व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेको र त्यसरी लागेका महिलालाई सहयोगी वातावरण बनाउन आग्रह गरे ।
भेलामा बोल्दै संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघसंग आबद्ध भएका वा नभएका सबै क्षेत्रका व्यवसायी महिलाहरुको लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा संघले फराकिलो सोंच राखेको बताउदै महिलाहरुमा उद्यमशीलता तथा व्यवसायीक क्षमता वृद्धि गर्ने विषयमा ध्यान जानु जरुरी रहेको धारणा राखे । त्यस्तै महिलाहरुलाई निर्णायक तहमा पु¥याउन र क्षमतावान महिलाहरुलाई समाजमा चिनाउने काम संघसंंस्थाहरुले गर्ने हुदा संघसंस्थामा आवद्ध हुने अपिल गरे ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, महासचिव फर्सुराम पन्त, कोषाध्यक्ष मनिराम खनाल (मणि), संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक प्रकाशराज पौडेल, कार्यसमिति सदस्य वृन्दा भट्टराई आचार्य, गकुल ज्ञवाली, टेकराज पन्थी, अशोक ज्ञवाली, मानार्थ सदस्य ऋषिराम पाण्डेलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा संघका कार्यसमिति सदस्य शोभाकुमारी जोशी क्षेत्रीको अध्यक्षता तथा कार्यसमिति सदस्य इशु देवकोटाको संचालनमा सम्पन्न भएको थियो ।