२०८१ श्रावण १२

राष्ट्रिय सभा उपाध्यक्षमा विमला निर्वाचित
  • लुम्बिनी खोज
  • २०८० चैत्र २८, बुधबार १२:४९ गते

काठमाण्डौं २८ चैत ।
राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित भएकी छिन्। राष्ट्रिय सभाको मतदान प्रक्रियाबाट उनी निर्वाचित भएकी हुन् । सत्तागठबन्धन मध्ये नेकपा एमालेबाट उनी उम्मेदवार रहेकी थिइन् ।
आजको बैठकमा ५५ सदस्य उपस्थित थिए। एमाले उम्मेदवार घिमिरेको पक्षमा ३९ मत र कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीले १६ मत पाएकी छिन्।