२०८१ श्रावण १२

नवीनमा सिराहाको टिम, असल शिक्षण विधिबारे छलफल
  • लुम्बिनी खोज
  • २०८० चैत्र २८, बुधबार १४:३२ गते

बुटवल २८ चैत ।
नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा बुधवार नराह गाउँपालिका सिराहाको अध्यक्ष रामप्रमोद यादवको नेतृत्वको टोलीले अवलोकन भ्रमण गरेको छ। जनता वनवाली नमुना मावि सिराहाको विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सहितको टोलीले अवलोकन भ्रमण गरेको हो ।
उक्त अवसरमा नराहा गाउँपालिका अध्यक्ष राम प्रमोद यादव , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल,नयाँ पत्रिका लुम्बिनी ब्यूरो प्रमुख तथा अभिभावक विष्णु प्रसाद घिमिरे ,जनता वनवाली नमुना माविका प्रधानाध्यापक रामईश्वर यादवले अनुभवहरु सेयरिङ गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयमा अवलम्बन गरिएका असल अभ्यासहरु आदान प्रदान गरेका थिए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट लुम्बिनी प्रदेशको तर्फबाट असल अभ्यास आदान प्रदानमा नवीन औद्योगिक कदर बहादुर रीता मावि छनोटमा परेको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए ।
कार्यक्रममा असल शिक्षण विधिका बारेमा छलफल भएको थियो । प्रधानाध्यापक बस्नेतले विद्यालयको अवस्थाका बारेमा जानाकारी गराएका थिए । उनले विद्यालयको शैक्षिक सुधारका लागि गरिएको असल अभ्यासका बारेमा जानाकारी गराएका थिए । असल अभ्यास र मिहिनेतका कारण विद्यालयले शैक्षिक क्षेत्रमा राम्रो प्रभाव राख्न सकेको भन्दै विद्यार्थीहरुलाई पाठ्यपुस्तकका अतिरिक्त खेलकुद देखि हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न शिक्षण विधि अपनाउदै आएको बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलले विद्यालय शिक्षामा सुधार ल्याउन खेलेको भुमिकाबारे चर्चा गर्दै स्थानिय सरकारले प्रभावकारी भुमिका खेलेमा विद्यालय शिक्षामा सुधार ल्याउन थप मद्दत पुग्ने धारणा राखे ।नराह गाउँपालिका सिराहाको अध्यक्ष रामप्रमोद यादवले नवीन विद्यालयले असल अभ्यास , राम्रो ब्यवस्थापन गरेको पाउदा खुशी लागेको भन्दै शैक्षिक क्षेत्रमा अझ राम्रो होस् भन्ने शुभकामना दिए । शैक्षिक अवलोकन भ्रमणबाट आफूले अनुभव गरेका असल अभ्यासहरुलाई आफ्नो पालिकामा लागि गर्दै शैक्षिक सुधारमा लागि पर्ने प्रतिवद्धता पनि उनले जनाए । जनता वनवाली नमुना माविका प्रधानाध्यापक रामईश्वर यादवले उत्तम अनुकरणिय अभ्यास, सकरात्मक सोच, राम्रो समन्वयका साथ नवीनले शैक्षिक क्षेत्रमा राम्रो गरेको अनुभुती गरेको भन्दै थप सफलताको शुभकामना दिए । कार्यक्रममा नयाँ पत्रिका दैनिकका लुम्बिनी ब्यूरो प्रमुख विष्णु घिमिरेले विद्यालयका प्रअ तथा ब्यवस्थापन समितिको टिमले शैक्षिक सुधारमा खेलेको भुमिका धेरै राम्रो रहेको भन्दै राम्रा विद्यालयको अभ्यास अन्य विद्यालयहरुले पनि सिकेर सुधार ल्याउनु पर्नेमा जोड दिएका थिए ।