२०८१ श्रावण १२

 उद्योग संघमा शुभकामना आदानप्रदान तथा सम्मान
  • लुम्बिनी खोज
  • २०८० चैत्र ३०, शुक्रबार १०:५३ गते

बुटवल, ३० चैत ।
रुपन्देही उद्योग संघले नयाँ वर्ष २०८१ को पूर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा विभिन्न संघसंस्थाको नेतृत्वलाई सम्मान गर्ने कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यवसायिक संघसंस्थाहरुले सामाजिक जिम्मेवारी अनुसार रचनात्मक कार्यक्रमहरुलाई पनि अगाडि बढाउन आग्रह गरे । उनले बितेका वर्षको समीक्षा गर्दै आगामी वर्षमा गरिने राम्रा कामको योजना बनाउन सुझाव दिँदै सबैसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणी भट्टराईको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष सापकोटाले, संघका गतिविधि ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउदै नव वर्षको शुभकामना ज्ञापन गरेका थिए । कार्यक्रममा रुपन्देहीमा रहेका विभिन्न सरकारी कार्यालयमा प्रमुख तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा नवनिर्वाचित संचालकहरु तथा ढुवानी व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित रुपन्देही उद्योग संघका कार्यसमिति सदस्य माधव नेपाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष तथा संघका पूर्व अध्यक्ष एजाज आलम, पूर्ब अध्यक्षहरु प्रद्युनलाल श्रेष्ठ, डम्बरदेव अर्याल, तेज कुमार पाठक, बोनिन पिया, बाबुराम बोहोरा, निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख धु्रव पोखरेल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, बुटवल उद्योग वाणिज्य संघका का.वा.अध्यक्ष सुरज भट्टराई, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष बिष्णु प्रसाद पाण्डे, श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनाल, बिद्युत प्राधिकरणका कार्यालय प्रमुख सञ्जय कुमार मिश्र, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका उद्योग अधिकृत नेत्र भुसाल, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख ई.प्रकाश अधिकारी, राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेश प्रमुख भरत के.सी., संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीलगायतले धारणा राखेका थिए ।