२०८१ श्रावण १२

लुम्बिनी प्रदेशमा ९ महिनामा ३४ प्रतिशत बजेट खर्च
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३, सोमबार ०६:२४ गते

बुटवल ३ बैशाख
लुम्बिनी प्रदेश सरकारको बजेट ९ महिनामा जम्मा ३४ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारको पुजिगत तर्फको बजेट कार्यान्वयन निरासाजनक हुदा बजेट खर्च कम देखिएको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा चैत मसान्तसम्म जम्मा ३४ दशमलव ३० प्रतिशत बजेट खर्च गरेको छ । त्यसमा पँुजीगततर्फ जम्मा ३२ दशमलव ९८ प्रतिशत मात्रै खर्च गरेको छ ।
चालु आर्थिक वर्षको अन्त्यतिर आउदा यहा विकासे मन्त्रालयहरुको पुजिगत खर्च सन्तोषजनक छैन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुजिगत तर्फ को बजेट १३ अर्ब ३१ करोड ६० लाख २० हजार रहेकोमा चैत मसान्तसम्म जम्मा ४ अर्ब ३० करोड ५० लाख १५ हजार ३ सय २२  अर्थात ३२  दशमलव ३३ प्रतिशत खर्च गरेको छ । त्यस्तै खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयको पुजिगत तर्फको बजेट ५ अर्ब ७० करोड ९६ लाख ६० हजार रहेकोमा २ अर्ब ६ करोड १५ लाख ३६ हजार ५ सय ४७ रुपैया अर्थात ३६ दशमलव ११ प्रतिशत खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयको १ अर्ब ५२ करोड ५६ लाख ९० हजार पुजिगत तर्फको बजेट रहेकोमा ७१ करोड १५ लाख ६६ हजार ४ सय ४५ रुपैया अर्थात ४६ दशमलव ६४ प्रतिशत खर्च गरेको छ ।
उद्योग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालयको पुँजीगत तर्फको बजेट ५० करोड १७ लाख ५० हजार रहेकोमा जम्मा ६ करोड १९ लाख ९५ हजार ४ सय ५३ रुपैया अर्थात १२ दशमलव ३६ प्रतिशत खर्च गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको पुँजीगततर्फको बजेट ८८ करोड ४२ लाख ४७ हजार रहेकोमा जम्मा २१ करोड ६ लाख ५४ हजार ७ सय ५७ रुपैया अर्थात २३ दशमलव ८२ प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको पुँजीगत तर्फको खर्च ३ दशमलव शुन्य ७ प्रतिशत रहेको छ । यसको पुँजीगततर्फ ६ करोड २ लाख बजेट रहेकोमा खर्च १८ लाख ४५ हजार ३ सय १७ रुपैया  रहेको छ । सामाजिक विकास मन्त्रालयको ३९ करोड ९२ लाख १० हजार पुजिगत तर्फको बजेट रहेकोमा ११ करोड ६८ लाख ८५ हजार २ सय ३७ रुपैया अर्थात २९ दशमलव २८ प्रतिशत खर्च गरेको छ ।
अर्थमन्त्रालयको १ करोड बजेट रहेकोमा १० दशमलव ४३ प्रतिशत खर्च भएको छ । कृषि तथा भुमि ब्यवस्था मन्त्रालयको पुजिगत तर्फ १८ करोड ७७ लाख ९५ हजार बजेट रहेकोमा २ करोड ६४ लाख ७७ हजार ६८  रुपैया अर्थात १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । यहा गृह मन्त्रालयको पुजिगत तर्फ ३१ करोड ८५ लाख बजेट रहेकोमा १५ करोड २१ लाख २२ हजार ८ सय २६ अर्थात ४७ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।
प्रदेश सभाको ७ करोड २२ लाख ५० हजार पुजिगत तर्फको बजेट रहेकोमा १ करोड ५६ लाख १९ हजार ७ सय ४० रुपैया अर्थात २१ दशमलव ६२ प्रतिशत खर्च गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको  चालु तर्फको खर्च ३६ दशमलव ०९ प्रतिशत रहेको छ ।  लुम्विनी प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाखको बजेट रहेको छ ।