२०८१ श्रावण १२

लुम्बिनीमा विषयगत समितिमा ७ पदमा ७ जनाको मात्रै उम्मेदवारी
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ४, मंगलवार ०८:५७ गते

बुटवल, ४ बेशाख ।
लुम्बिनी प्रदेशका ७ वटा संसदीय समितिको सभापतिका लागि ७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समय बेलुका ५ बजेसम्म भए पनि दलहरूका बीच सहमति कायम गरी विषयगत समितिको भागबन्डा गरिएकाले अन्य उम्मेदवारी बताइएको छ ।
लुम्बिनी प्रदेशका ७ वटा संसदीय समितिको ६ विषयगत समिति र १ विषेशाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्रै उम्मेदवारी परेको हो।
लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक, भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे, अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिमा माया पुन र विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपानेको उम्मेदवारी परेको छ ।
प्रदेशसभा सचिव पुनका अनुसार ६ वटा विषयगत समिति भए पनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यसपटकदेखि नयाँ व्यवस्था गरिएको हो।
बेलुका ५ बजे उम्मेदवारी मनोनयनको समय सकिएपछि जेष्ठ प्रदेशसभा सदस्यको अध्यक्षतामा विषयगत समितिको बैठक बस्ने र निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताइएको छ ।
लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरूबीच एमालेले विशेष अधिकारसहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल कांग्रेसले २ वटा समिति र नेकपा माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व गर्ने सहमति गरेका थिए । गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यहरूको टुंगो लगाएको थियो ।