२०८१ श्रावण १२

लुम्विनीमा ११ सदस्यीय मन्त्रिपरिषद्
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ६, बिहीबार ०९:३० गते

बुटवल ६ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नाउपा तथा स्वतन्त्र सांसदलाई समेत सहभागि बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
गत चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता महराले ३० गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पछि मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका थिए ।
चैत २५ गते सपथ सगै तीन दलका तीन जनालाई विना विभागिय मन्त्री नियुक्त गरेका महराले आज केही मन्त्रीहरुको कार्यविभाजनसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले २५ गते विना विभागिय मन्त्रीमा नियुक्त भएका एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् । त्यस्तै माओवादीका दीपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भुमि व्यावस्था मन्त्रालयको जिम्मेजारी ताकेका छन् । आज उनले एमालेबाट दिनेश पन्थी, भुमिश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नवहादुर खत्रीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले मन्त्रीहरुको नियुक्ति तथा कार्यविभाजनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।
आज नियुक्त भएका मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष आज सपथ लिने कार्यक्रम तय गरिएको छ ।