२०८१ श्रावण १२

लुम्विनीमा मन्त्रीहरुले लिए सपथ
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ६, बिहीबार १२:३४ गते

बुटवल ६ बैशाख ।
लुम्बिनी प्रदेशमा आज थपिएका मन्त्रीहरुले सपथ लिएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले आज मन्त्रिपरिषद् विस्तार गरेका थिए।
गत चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता महराले ३० गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरे पछि मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका थिए ।
चैत २५ गते सपथ सगै तीन दलका तीन जनालाई विना विभागिय मन्त्री नियुक्त गरेका महराले आज केही मन्त्रीहरुको कार्यविभाजनसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आज नियुक्त भएका मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सपथ लिएका छन् ।
उनले २५ गते विना विभागिय मन्त्रीमा नियुक्त भएका एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् । त्यस्तै माओवादीका दीपेन्द्रकुमार पुन मगरलाई स्वास्थ्य र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भुमि व्यावस्था मन्त्रालयको जिम्मेजारी ताकेका छन् । आज उनले एमालेबाट दिनेश पन्थी, भुमिश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नवहादुर खत्रीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री महराले मन्त्रीहरुको नियुक्ति तथा कार्यविभाजनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।