२०८१ श्रावण १२

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ८, शनिबार १५:०८ गते

काठमाण्डौं ८ बैशाख ।
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजबाट शुरु भएको छ । ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन्। पार्टी अध्यक्ष केपी ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी शनिबार बैठकको शुभारम्भ गरेका हुन्।
महाधिवेशनपछिको दोस्रो ठूलो निकायका रूपमा रहेको यस बैठकले राजनीतिक, सांगठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ। बैठक भोलिसम्म सञ्चालन हुनेछ।