२०८१ श्रावण १२

सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ९, आईतवार १३:३२ गते

काठमाण्डौं ९ बैशाख ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र गोविन्द चौधरीले मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गराएका छन्।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको रन्जिता श्रेष्ठ पक्षका सांसद र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए। सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षका पाँच सांसदले सोडारीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए।
आफूले सरकार गठनलाई आवश्यक बहुमत सदस्यको दस्तखतसहित दाबी पेस गरे पनि प्रदेश प्रमुखले संवैधानिक कर्तव्यबाट च्यूत भई आफूलाई मुख्यमन्त्री बन्न वञ्चित गरेको निवेदक लक्ष्मणकिशोरको दाबी छ।