११ जेष्ठ २०८१, शुक्रबार

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)
  • लुम्बिनी खोज
  • १३ बैशाख २०८१, बिहीबार ०९:१३

काठमाडौं, १३ वैशाख ।

सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका ४० राष्ट्रिय लक्ष्य तय गरेको छ । आउँदो साउनदेखि पाँच वर्षसम्म योजना कार्यान्वयन हुनेछ ।योजनाको अन्तिम वर्ष २०८५/८६ मा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने, प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन हालको १४९५ बाट २३८१ र प्रतिव्यक्ति आय हालको १४१० बाट २४१३ अमेरिकी डलर पुर्‍याउने लक्ष्य योजनामा राखिएको छ ।

योजना अवधिको पाँच वर्षमा औषत आर्थिक वृद्धिदर ६.६ प्रतिशत हुने आयोगले अनुमान गरेको छ । २०८५/८६ सम्म नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) आधार मूल्यमा ९१ खर्ब ३३ अर्ब पुग्ने प्रक्षेपण पनि सरकारले गरेको छ । योजनाका लक्ष्य हासिल गर्न पाँच वर्षमा कूल १ नील ४० ४० खर्ब ९८ अर्ब रुपैयाँ आवश्यक लगानी हुने आयोगले जनाएको छ । आयोगले आज (बिहीबार) १६औं योजनामाथि राष्ट्रिय विकास परिषद्‌ बैठकमा छलफल चलाउँदैछ ।

योजनामा सुशासनका १०, सामाजिक न्यायका १० र समृद्धिका २० गरी ४० लक्ष्य निर्धारण गरिएको छ ।

यस्ता छन् राष्ट्रिय लक्ष्य :