२०८१ श्रावण १२

अफताब आलमसहित चारजनालाई जन्मकैद सजाय
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १३, बिहीबार १७:२७ गते

बुटवल, १३ बैशाख ।

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन्। अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए।

आलमसमेतका मान्छे मिली जिउँदै इँटाभट्टामा हाली ज्यान मारेको भन्दै १८ कात्तिक २०७६ मा मुद्दा दायर भएको थियो। जसमाथि साढे चार वर्षपछि फैसला भएको हो।