८ जेष्ठ २०८१, मंगलवार

अर्थतन्त्रको दिगो विकासमा प्रतिबद्ध छौँः गभर्नर
  • लुम्बिनी खोज
  • १४ बैशाख २०८१, शुक्रबार ०९:३२

काठमाडौँ १४ बैशाख ।
नेपाल राष्ट्र बैंक शुक्रबारदेखि सफलतापूर्वक ६८ वर्ष पुरा गर्दै ६९ औँ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासमा केन्द्रीय बैंक प्रतिबद्ध रहेको बताएका छन् । गभर्नर अधिकारीले मुलुकको समष्टिगत आर्थिक विकास एवम् दिगो विकासका खातिर मुलुकको वित्त प्रणाली, कारोबारको प्रविधिकरणसँगै सहजीकरणमा केन्द्रीय बैंकले सधैँ भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका हुन् ।
गभर्नर अधिकारीले भनेका छन्, ‘मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
आज केन्द्रीय बैंकले विशेष कार्यक्रम गरी आफ्नो ६९ औँ वार्षिकोत्सव मनाउँदैछ ।