२०८१ श्रावण १२

आज पत्रकार महासंघ रुपन्देहीको साधारण सभा तथा अधिवेशन
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १५, शनिबार ०३:५१ गते

बुटवल, १५ बैशाख ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारण सभा तथा अधिवेशन आज बिहान ११ बजे शुरु हुने भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति बैठकले महासंघको केन्द्रीय सर्कुलर अनुसार बैशाख १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
जिल्ला शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालको बिशेष उपस्थितीमा बैठक बसेको हो । बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा। बालकृष्ण चापागाई, हरी लम्साल, शेरबहादुर केसी, सल्लाहकार माधव ढुंगाना, इन्दिरा अर्यालको उपस्थितीमा रहेको थियो ।
बैठकले अधिवेशनका अवसरमा पत्रकारिता पुरस्कार वितरण गर्ने, महासंघका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने निर्णय गरेको छ । यस्तै बैठकले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति समेत बनाएको सचिव विनोद परियारले जानकारी दिए ।
बैठकले बुटवल उपमहानगरंगको सहकार्यमा ५० हजार राशीको सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार महिला र खुल्ला गरी प्रत्येक बर्ष २ जना र महिला खेम ओमी महिला सशक्तिकरण पत्रकारिता स्थापनाका लागि तयार पारिएको निर्देशिका अनुमोदन गर्ने निर्णय गरेको छ । सूर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कारबाट प्रत्येक वर्ष एक जना महिला र एक जना खुल्ला हुने गरी कार्यविधि तयार भएको र बुटवल उपमहानगरसँग सम्झौताका लागि प्रक्रिया अगाडि बढेको जनाइएको छ । यस्तै खेमओमी महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रत्येक वर्ष एक जना महिला पत्रकार पुरस्कृत हुने र राशि २१ हजार रहने गरी समझदारी बनेको महासंघले जनाएको छ ।
बुटवलको कालिकानगर स्थित महाराजा रिसोर्टमा बिहान ११ बजे हुने आजको साधारण सभा तथा अधिवेशनलाई केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले उद्घाटन गर्ने जनाइएको छ ।