८ जेष्ठ २०८१, मंगलवार

स्काउट तालिम बुटवलमा सुरु
  • लुम्बिनी खोज
  • १६ बैशाख २०८१, आईतवार १३:०१

बुटवल १६ बैशाख
स्थानीय स्काउट कार्यालय बुटवलको आयोजनामा ४१३ औ पिटीसी आधारभूत स्काउट तालिम बुटवलमा सुरु भएको छ ।
उक्त आधारभूत तालिमको शुभारम्भ बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले एक समारोह वीच झन्डोत्तोलन गरी गरिन् ।

कार्यक्रममा नेपाल स्काउट लुम्विनी प्रदेशका प्रमुख आयुक्त दिनानाथ भट्टराई, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले स्काउटका बारेमा चर्चा गरेका थिए ।स्थानीय स्काउट कार्यालय बुटवलका प्रमुख आयुक्त नवराज खरेलको अध्यक्षता र स्थानीय स्काउट कार्यालय बुटवलका सदस्य सचिव कोपिला ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो ।
बुटवल उपमहानगरपालिका अन्तरगतका अठार वटा सामुदायिक र संस्थागत विद्यालयका महिला शिक्षकहरुको पाँचरात छ दिने आवासीय तालिम नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा संचालन भएको छ ।
उक्त तालिममा कोर्स लिडर सीता मैया तनावास, काउन्सिलर सम्झना ढकाल, शान्ती परियार, पुरनजली दुवाल, विक्की डुम्रे, तारा पुरीलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको स्थानीय स्काउट कार्यालय बुटवलका प्रमुख आयुक्त नवराज खरेलले बताए ।