४ जेष्ठ २०८१, शुक्रबार

उद्योग संघद्वारा प्राविधिक कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम
  • लुम्बिनी खोज
  • १६ बैशाख २०८१, आईतवार १३:२८

बुटवल १६ बैशाख ।
रुपन्देही उद्योग संघको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा यस क्षेत्रका उद्योगहरुको इन्स्ट्रुमेसन र अटोमेसन विभागमा कार्यरत पेसाकर्मीहरुको सीप अभिवृद्धिका लागि २० दिने क्षमता अभिबृद्धि तालिम आईतबार एक समारोहकाबीच शुभारम्भ भएको भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले संघद्धारा हालसम्म कामदारहरुका लागि सिप अभिवृद्धि तालिमहरु संचालनमा रहेको र विभिन्न तालिमहरु सम्पन्न भइसकेको जानाकारी गराउँदै अव उद्योगमा रहेको जनशक्तिलाई आवश्यक पर्ने तालिमको पहिचान गर्दै सम्बन्धित विषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै तालिमहरु संचालन गर्ने बताए ।
विभिन्न उद्योग प्रतिष्ठानका ४० जना इन्स्ट्रुमेसन र अटोमेसन सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउन तालिमले सहयोग पु¥याउने विश्वास लिइएको छ ।
विशेषज्ञ प्रशिक्षकद्धारा दैनिक ५ घण्टा २० दिन संचालन हुने तालिमवाट प्राविधिक कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्ष कामदार बन्नुका साथै र उद्योगको उत्पादन अभिवृद्धिमा सहयोग पु¥याउने छ । तालिम अबधिमा सहभागिहरुलाई स्वचालन परिचय, यसका कम्पोनेन्टसहरु,परिक्षण उपकरण, समस्या निवारण, उर्जाको समुचित व्यावस्थापन पद्धति, नयाँ मेसिनको स्थापना, सुरक्षा संयन्त्र र उत्पादकत्व अभिवृद्धि लगायतका सैदान्तिक र प्रयोगात्मक अभ्यास वाट सिकाइ हुनेछ ।
रुपन्देही उद्याग संघले उद्योग प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालनमा ल्याएको सिप विकास इकाई मार्पmत तालिम संचालन भइरहेको छ ।
कार्यक्रममा उद्योग व्यपार संगठन रुपन्देहीका वाणिज्य उपाध्यक्ष राममिलन यादवले तालिमको सफलताको शुभकामना दिदै उद्योगलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी शुभारम्भ गरिएको तालिमको सफलताको शुभकामना दिए । उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव लक्ष्मी अधिकारीले नेपालमा दक्ष प्राविधिक जनशक्तिको अभावका कारण भारतवाट ल्याउनुपर्ने बाध्यता रहेको परिप्रेक्ष्यमा रुपन्देही उद्योग संघद्धारा उत्पादनमुलक उद्योगलाई लक्षित गरी तालिम संचालन गरेकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिए ।
शुभारम्भ सत्रको कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले सहभागी सवैलाई स्वागत गर्दै इन्स्योर परियोजनाको सहकार्यमा उद्योगमा कार्यरत पेशाकर्मीहरुको क्षमता अभिवृद्धि गरी उत्पादन क्षमता बढाई टेवा पु¥याउने कार्यलाई निरन्तरता दिने बताए ।
तालिमको उद्देश्यको बारेमा प्रशिक्षक अनुज कुमार रौनियारले स्पष्ट पारेका थिए भने कार्यक्रम संचालन संघका महासचिव हिरामणी भटटराइले गरेका थिए ।
तालिमको व्यवस्थापन कार्यक्रम सयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गरेका थिए ।