४ जेष्ठ २०८१, शुक्रबार

बझाङमा एमालेका भण्डारी विजयी
  • लुम्बिनी खोज
  • १७ बैशाख २०८१, सोमबार १०:३१

बुटवल १७ बैशाख ।
बझाङ प्रदेश सभा (१) मा एमालेका दमन भण्डारी विजयी भएका छन्। भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई दुई सय ६७ मतले पछि पार्दै विजयी भएका हुन्।
भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा सिंहले ११ हजार तीन सय ४६ मत पाएका छन्। माओवादीका जनक बुढा तीन हजार आठ सय ३१ मत ल्याउँदै तेस्रो स्थानमा छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत प्राप्त गरेका छन्।