८ जेष्ठ २०८१, मंगलवार

सेयर बजार झिनो अंकले बढ्यो
  • लुम्बिनी खोज
  • १७ बैशाख २०८१, सोमबार ११:०९

बुटवल १७ बैशाख ।
सोमबार सेयर बजार झिनो अंक बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ०.०७ ले बढेर १९८० अंकमै स्थिर रहेको छ ।कारोबारमा आएका तीन सय १७ कम्पनीका ७३ लाख ४१ हजार एक सय ७७ कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। आइतबार दुई अर्ब ६६ करोड ६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।
९९ कम्पनीको मूल्य बढ्दा १२८ को घट्यो भने १७ को स्थिर रह्यो । नेप्सेका १३ समूहमध्ये चार समूहबाहेक सबैको सूचकमा गिरावट आउदा फाइनान्स समूह सर्वाधिक ४.१७ प्रतिशतले बढेको छ ।