४ जेष्ठ २०८१, शुक्रबार

तम्घास–रिडी सडक एक महिना बन्द हुने
  • लुम्बिनी खोज
  • १७ बैशाख २०८१, सोमबार १७:१४

बुटवल, १७ बैशाख ।

मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले बन्द हुने भएको हो।

सडक यही वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

अहिले उक्त सडकका केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न धमाधम भइरहेको छ।

मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास सडक हुँदै तम्घास बुटवल दैनिक दर्जनौँ सवारी आवतजावत गर्ने गर्दछन्।

सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुरोध गरेको छ।