२०८१ श्रावण १२

सेयर बजार २००६ अंकमा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १८, मंगलवार १२:३४ गते

बुटवल १८ बैशाख । आज सेयर बजार झण्डै २६ अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २५.९३ अंकले बढ्दै २ हजार ६.२८ अंकमा उक्लिएको हो।
आज कारोबार रकम पनि उच्च दरले बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो । कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । यस दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । विकास बैंक समूह ४.९ प्रतिशत बढ्यो ।